You are viewing the translated version of बहस नोट.

Section 51
बहस नोट
(१) मुद्दाको पक्ष वा निजको कानून व्यवसायीले मुद्दाको सुनुवाईको लागि पेसी तोकिएको दिन भन्दा अगावै लिखित बहस नोट पेस गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम बहस नोट पेस नभएका मुद्दामा अदालतले पक्षको कानून व्यवसायीलाई निश्चित समय तोकी बहस नोट पेस गर्न आदेश दिन सक्नेछ।
(३) मुद्दामा पेस हुने बहस नोटमा निर्णय गर्नु पर्ने प्रश्न स्पष्ट खुलाई सो प्रश्नमा सीमित रही सम्बद्ध तथ्य, कानूनी व्यवस्था तथा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त र अन्य सान्दर्भिक विषय उल्लेख गर्नु पर्नेछ।